मनकामना केबुलकार आइतबारदेखि खुल्ला हुने



हाम्रो इकोनोमि

 

 

गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।

गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि नै बन्द हुन पुगेको मन्दिर र सो मन्दिरसम्म पुग्ने केबलकार आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक (सिईओ) लेवेन्द्र गुरुङले बताए ।

यस्तो मापदण्ड संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि नै बनाएर सञ्चालन गरिनेसिईओ गुरुङको जानकारी दिए ।  यद्यपि, आइतबारदेखि मन्दिर खुल्ला गरिने भएपनि तत्कालका लागि भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा भने गर्न नपाउने गुरुङको भनाई छ । ‘मन्दिर खुले पनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न्, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो । भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था हुन्छ’ गुरुङले भने । कोभिड–१९ को महामारीको संक्रमण र सन्त्रास बढेसँगै मनकामना मन्दिर र केबलकार गत चैत ८ गतेदेखि हालसम्म बन्द रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...