मनकामना केबुलकार आइतबारदेखि खुल्ला हुने



हाम्रो इकोनोमि

 

 

गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।

गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि नै बन्द हुन पुगेको मन्दिर र सो मन्दिरसम्म पुग्ने केबलकार आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक (सिईओ) लेवेन्द्र गुरुङले बताए ।

यस्तो मापदण्ड संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि नै बनाएर सञ्चालन गरिनेसिईओ गुरुङको जानकारी दिए ।  यद्यपि, आइतबारदेखि मन्दिर खुल्ला गरिने भएपनि तत्कालका लागि भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा भने गर्न नपाउने गुरुङको भनाई छ । ‘मन्दिर खुले पनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न्, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो । भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था हुन्छ’ गुरुङले भने । कोभिड–१९ को महामारीको संक्रमण र सन्त्रास बढेसँगै मनकामना मन्दिर र केबलकार गत चैत ८ गतेदेखि हालसम्म बन्द रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...