बालुवाटार छिरे प्रचण्ड, ओलीसँग मिल्यो कुरा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।

अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको थापाले जानकारी दिए। यद्यपी भेटबाट कुनै निष्कर्ष नआएको उनले बताए। नियमित संवाद जस्तो भए पनि केही समाधान ननिस्किएको थापाले जानकारी दिए

अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । २१ मंसिरमा बसेको स्थायी समितिमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका  थिए । स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक २८ मंसिरसम्म सारिएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...