हिन्दूराष्ट्रको माग गर्नेहरू मदिरा र गाईको मासु खानेहरू हुन् : मन्त्री त्रिपाठी



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठीले मदिरा र गाईको मासु खानेहरू हिन्दू राष्ट्रको माग गरेर सडकमा उत्रिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले राजनीतिक वकालत गरेको भन्दै कठोर आलोचना गरेका हुन् ।

‘धर्मको नाममा म आफै हिन्दू हुँ । म मदिरा खाने र गाईको मासु खाने मान्छे होइन’, उनले भने, ‘मैले देखेको छु, मदिरा सेवन गर्नेहरू र गाईको मासु खानेहरूनै हिन्दूका लागि राजनीतिक वकालत गर्छन् । म धार्मिक मान्छे भएको र म धार्मिक वकालत गर्दछु यति मात्रै हो ।’

हिन्दू राष्ट्र र राजसंस्थाको माग गरेर सडकमा आन्दोलन रहेका बेला मन्त्री त्रिपाठीले आन्दोलनकारीहरूलाई गाईको मासु खाने र मदिरा सेवन गर्नेहरूको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...