प्रधानमन्त्री ओलीको प्रस्तावमा सवै दलको समर्थन



 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पछिल्लो समयमा भइरहेका संविधानविरोधी गतिविधि र हत्या–हिंसाको विरुद्ध सबै एकजुट हुन आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज आयोजना गरिएको सर्वदलीय बैठकमा सवै दलका नेताहरुलाई प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

कोभिड महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको बेला मुलुकमा गणतन्त्रबिरुद्धको गतिबिधि र हत्या हिंसाका घटना बढेपछि सवै दलबीच साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले आज संसदमा रहेका दलहरुको सर्वदलीय बैठक आयोजना गर्नुभएको हो ।

सो बैठकको सुरुवातमै छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पार्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड– १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधका बिषयमा सवै दलको धारणा माग्नुभएको हो ।

‘पछिल्लो दिनमा भइरहेको संविधानविरोधी गतिविधि र हत्या–हिंसाविरुद्ध सवै दल एकजुट हुनुपर्छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा आफ्नो धारणा राख्ने क्रममा सवै दलका नेताहरुले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गरेका छन । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्नेे सवै दलका नेताहरु सहभागी हुनुहुन्थ्यो । बैठक तीन घन्टा चलेको थियो ।

‘सर्वदलीय बैठकमा सवै दलका नेताहरुले बिधिको शासन र गणतन्त्रबिरोधी गतिबिधिप्रति कठोर रुपमा प्रस्तुत हुन सरकारलाई सुझाव दिनुभएको छ,’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्