प्रधानमन्त्री ओलीको प्रस्तावमा सवै दलको समर्थन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पछिल्लो समयमा भइरहेका संविधानविरोधी गतिविधि र हत्या–हिंसाको विरुद्ध सबै एकजुट हुन आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज आयोजना गरिएको सर्वदलीय बैठकमा सवै दलका नेताहरुलाई प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

कोभिड महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको बेला मुलुकमा गणतन्त्रबिरुद्धको गतिबिधि र हत्या हिंसाका घटना बढेपछि सवै दलबीच साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले आज संसदमा रहेका दलहरुको सर्वदलीय बैठक आयोजना गर्नुभएको हो ।

सो बैठकको सुरुवातमै छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पार्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड– १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधका बिषयमा सवै दलको धारणा माग्नुभएको हो ।

‘पछिल्लो दिनमा भइरहेको संविधानविरोधी गतिविधि र हत्या–हिंसाविरुद्ध सवै दल एकजुट हुनुपर्छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा आफ्नो धारणा राख्ने क्रममा सवै दलका नेताहरुले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गरेका छन । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्नेे सवै दलका नेताहरु सहभागी हुनुहुन्थ्यो । बैठक तीन घन्टा चलेको थियो ।

‘सर्वदलीय बैठकमा सवै दलका नेताहरुले बिधिको शासन र गणतन्त्रबिरोधी गतिबिधिप्रति कठोर रुपमा प्रस्तुत हुन सरकारलाई सुझाव दिनुभएको छ,’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...