जनता आवासको अर्बौं रुपैया प्रदेश २ सरकारले लुट्यो – प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैया लुटेको आरोप लगाएका छन् । रौतहटको गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले दलित समुदायको घर निर्माणका लागि केन्द्रीय सरकारले बिगत तीन बर्षदेखि पठाइएको अर्बौं रुपैया घरै निर्माण नगरी लुटेको आरोप लगाएक छन् ।

संघीय सरकारले बिगत तीन बर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भन्दै उनले प्रदेश २ सरकारसंग जवाफ माग गरेका छन् । “घरवारविहीन दलित समुदायको घर निर्माणका लागि संघीय सरकारले अर्बौं रकम तीन बर्ष देखि पठाइएको छ” साहले भने, “तर प्रदेश सरकारको लापरबाहीले दलित समुदायको घर बन्न सकेको छैन ।” नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले अहिले हजारौं दलित समुदायको सो योजना अनुसार घर बनाउन सकिने बताउदै संघीय सरकारले पठाएको रकम कहा गयो भन्दै प्रश्न समेत उठाएका छन् ।

प्रदेश सरकार यहाँका जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको उनलेे बताए । सोही कारण अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडी परेको उनले बताए । नेता साहले प्रदेश २ को ८ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास निर्माण कार्य प्रभावकारी रूपमा हुनुपर्ने बताए । “जनता आवास निर्माण कार्यक्रमले दलित समुदायलाई प्रत्येक्ष रूपमा सहयोग पुग्छ” साहले भने, “यो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा तुरुन्त नै शुरु हुनुपर्छ ।” प्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...