जनता आवासको अर्बौं रुपैया प्रदेश २ सरकारले लुट्यो – प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैया लुटेको आरोप लगाएका छन् । रौतहटको गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले दलित समुदायको घर निर्माणका लागि केन्द्रीय सरकारले बिगत तीन बर्षदेखि पठाइएको अर्बौं रुपैया घरै निर्माण नगरी लुटेको आरोप लगाएक छन् ।

संघीय सरकारले बिगत तीन बर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भन्दै उनले प्रदेश २ सरकारसंग जवाफ माग गरेका छन् । “घरवारविहीन दलित समुदायको घर निर्माणका लागि संघीय सरकारले अर्बौं रकम तीन बर्ष देखि पठाइएको छ” साहले भने, “तर प्रदेश सरकारको लापरबाहीले दलित समुदायको घर बन्न सकेको छैन ।” नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले अहिले हजारौं दलित समुदायको सो योजना अनुसार घर बनाउन सकिने बताउदै संघीय सरकारले पठाएको रकम कहा गयो भन्दै प्रश्न समेत उठाएका छन् ।

प्रदेश सरकार यहाँका जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको उनलेे बताए । सोही कारण अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडी परेको उनले बताए । नेता साहले प्रदेश २ को ८ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास निर्माण कार्य प्रभावकारी रूपमा हुनुपर्ने बताए । “जनता आवास निर्माण कार्यक्रमले दलित समुदायलाई प्रत्येक्ष रूपमा सहयोग पुग्छ” साहले भने, “यो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा तुरुन्त नै शुरु हुनुपर्छ ।” प्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...