सार्क शिखर सम्मेलन छिट्टै : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिएका छन् ।

३६औं सार्क चार्टर डे को उपलक्ष्यमा भएका एक शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवर्द्धन गरेको समेत बताएका छन् ।

ओलीले भनेका छन्,’शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतमा आशा जगाउन र आगाडी बढ्ने आधार तयार पार्न सकिन्छ ।’

उनले अब अगाडी बढ्नका लागि राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता हित ठोस कार्यको आवश्यकता रहेकोमा समेत जोड दिएका छन् ।

सन् २०१४ मा सार्क सम्मेलन भएयता सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् । सन् २०१६ को नोभेम्बरमा आयोजना गरिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

त्यस यता सार्क सम्मेलन गर्न भारतले कुनै पनि चासो दिएको छैन् । भारत सहमत हुन नमानेका कारण नै सम्मेलन मात्र होइन्, सार्क नै अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...