राप्रपालाई बालुवाटारको ढोका बन्द



हाम्रो इकोनोमि

 

सरकारले संविधान विपरितको गतिविधि गरेको भन्दै सर्वदलीय बैठकमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सर्वदलीय बैठकमा बोलाएको छैन ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बिहान ११ बजे बस्नेछ ।

सो बैठकमा राप्रपालाई नबोलाइएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।उनले राप्रपाले संविधान विपरितका गतिविधि गरेकाले नबोलाइएको बताए ।

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको माग गरेर सडक आन्दोलन गर्दै आएको छ । दिन प्रतिदिन सडक आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।

संसदमा राप्रपाको तर्फबाट राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गर्दै आएका छन् । लिङ्देनले झापा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचित भएर आएका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार बस्ने भनिएको सर्वदलीय बैठकमा राप्रपालाई बोलाइएको छ वा छैन भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । सर्वदलीय बैठकका विषयमा सञ्चारमाध्यमबाट आफूले पनि थाहा पाएको उनले बताएका छन् । राप्रपाका अध्यक्ष थापा पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला मकवानपुरमा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...

ओलीसहित वर्तमान कार्यसमितिको वैधानिकता सकिएको कार्यदलको निष्कर्ष

      नेकपा एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...