नेकपा नफुट्ने पक्का, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले पार्टीभित्र गम्भीर समस्या देखिएको बताएकी छिन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेतृ भुसालले स्थायी समिति र केन्द्रीय कमिटीले पार्टीलाई नयाँ ठाउँमा पु¥याउने बताइन् । उनले नेकपालाई फुट्न नदिने बताइन् ।

उनले संवैधानिक व्यवस्थाका कारण नेकपा फुट्न नसक्ने बताएकी छिन् । ‘संवैधानिक व्यवस्थाका कारण पार्टी फुट्न सक्दैन’, नेतृ भुसालले भनिन्, ‘हामीले पार्टी फुट्न दिँदैनौँ ।’

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेकी नेतृ भुसालले भनिन्, ‘पुष्पकमल दाहाल त्यागी नेता हो । उहाँले केपी ओलीलाई पाँच वर्षका लागि सरकार चलाउन दिनुभएको छ ।’

दुबै अध्यक्ष ल्याएको राजनीतिक प्रतिवेदन तल्ला तहका कमिटीसम्म छलफल र बहस हुने नेतृ भुसालले बताएकी छिन् । उनले छलफल र बहसपछि उपयुक्त निर्णय लिइने बताएकी छिन् ।

नेतृ भुसालले नेकपा बालहठबाट चल्न नसक्ने बताएकी छिन् । उनले शीर्ष नेताहरूलाई रुपान्तरणको लागि सुझाव दिएकी छिन् । उनले रुपान्तरण नहुने हो भने नेताहरूलाई जिम्मेवारी छाड्न चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...