नेकपा स्थायी कमिटी बैठकमा किन गएनन् प्रधानमन्त्री ओली ?



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ । अत्यन्तै कडा सुरक्षा घेराबीच केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।

यद्यपि बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थिति भएका छैनन् । हल सानो भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै प्रधानमन्त्री ओली उपस्थित नभएका बालुवाटार स्रोतले जनाएको छ ।

अहिले बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको छ । तर दुई अध्यक्षको सहमतिमा मात्रै बैठक बोलाउने अभ्यास रहेको छ ।

बैठकलाई मध्यनजर गर्दै धुम्बाराही पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।

बम डिटेक्टरसहित तालिम प्राप्त कुकुर तथा बाक्लै सुरक्षाकर्मी तैनाथ रहेका छन् । बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरूमाथि छलफल हुनेछन् ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नजाने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...