नेकपा स्थायी कमिटी बैठकमा किन गएनन् प्रधानमन्त्री ओली ?



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ । अत्यन्तै कडा सुरक्षा घेराबीच केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।

यद्यपि बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थिति भएका छैनन् । हल सानो भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै प्रधानमन्त्री ओली उपस्थित नभएका बालुवाटार स्रोतले जनाएको छ ।

अहिले बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको छ । तर दुई अध्यक्षको सहमतिमा मात्रै बैठक बोलाउने अभ्यास रहेको छ ।

बैठकलाई मध्यनजर गर्दै धुम्बाराही पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।

बम डिटेक्टरसहित तालिम प्राप्त कुकुर तथा बाक्लै सुरक्षाकर्मी तैनाथ रहेका छन् । बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरूमाथि छलफल हुनेछन् ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नजाने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...