ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता, नेपाल गुट आउट



हाम्रो इकोनोमि

 

२५ दिन लामो संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ ।

आज नेकपाको सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यसकै तयारीअनुसार दुवै अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार निकट स्रोतले बतायो । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए ।

प्रचण्ड–माधव नेपाल पक्षले सरकारका र ओलीका व्यक्तिगत कार्यशैलीमा प्रश्न उठाइदिएका कारण ओली र प्रचण्ड पक्षबीच तिक्ततापूर्ण सम्बन्ध छ । सचिवालय बैठकमा बहुमत सदस्यहरुको तर्फबाट प्रचण्डले लिखित प्रस्ताव (ओली पक्षको भनाइमा आरोप पत्र) पेश गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

ओली र प्रचण्डबीच संवादहीनताको अवस्थाले थियो । यद्यपि ओली निकटका नेताहरुले सहमतिको प्रयासमा प्रचण्डसँग निरन्तर भेटघाट र छलफल गर्दै आएका थिए । सहमतिमा ल्याउने प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत ओली र प्रचण्डसँग अलग–अलग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...