प्रचण्ड–नेपाल गुटको युवा-विद्यार्थी भेला



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तलतल फैलँदो क्रम जारी छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ ।

भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता दीपक बुढाथोकीले जानकारी दिए ।

“पार्टीमा के भइरहेको छ भनेर कार्यकर्तालाई सुसूचित गर्न भेलाको आयोजना गरिएको हो,” उनले भने, “कार्यक्रममा अनेरास्ववियू, युवा सङ्घका वर्तमान र निवर्तमान नेताहरूको सहभागिता रहनेछ ।”

पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् । अन्तरविरोध तलतल लैजान थालेका छन् ।

१६ मंसिरमा बसेको सचिवालयमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिको प्रयासका लागि २० मंसिरसम्म बैठक स्थगित गरिएको छ । विवाद समाधानका लागि अध्यक्षद्वयबीच संवाद टुटेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...