प्रधानमन्त्री चाहिने भए ओलीले अध्यक्ष पद छाड्नैपर्छ : देवेन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् ।

पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने समेत स्पष्ट पारेका छन् । एक साक्षात्कारमा बिहीबार उनले पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने बताएका हुन् ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’, पौडेलले भने, ‘पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न हुँदैन । पार्टी फुटाउनु हुँदैन, एक बनाउनैपर्छ ।’

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्छ’, पौडेलले भने । पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा उनको जोड छ ।

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने पनि बताएबा छन् । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाइ छ । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।

दुबै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको तर्क छ ।

प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको समेत उनले उनले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने भन्दै उनले ओली र दाहालबीच मिल्नुको विकल्प नभएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...