संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताउनुभएको छ । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशन ः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई आज (बुधबार) ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताउनुभयो । तर, पछिल्लो समय सरकारले दिएको जिम्मेवारी (देशब्यापी पाठ्यपुस्तक वितरण)बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएपछि आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिती गम्भीर अवस्थामा रहेको मन्त्री अर्यालको भनाई थियो ।

‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भन्नुभयो, ‘भाषा, कला र संस्कृतीको साम्राज्य अझैपनि ज्यूँदैछ । हारेको छैन ।’ संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उहाँले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझैपनि आकर्षक संस्था बनाउन सकिने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘संस्थाको प्राण मै आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प हो ।

यसमा देखिएको लापरबाही र अव्यवस्थापनबाट ध्वस्त संरचनालाई गति प्रदान गरी तालुकदार निकायको निरन्तर निर्देशन, नियन्त्रण, साथ, सहयोग र सहकार्यबाट साझा प्रकाशनलाई आकर्षक संस्था बनाउन सकिन्छ ।’ मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ती अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न समेत आग्रह गर्नुभयो । सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिकिो प्रयोगद्वारा छापाखाना÷प्रेस सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...