प्रचण्ड र नेपालले पार्टी बिभाजनको मोडालिटी नै तय गरे



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही मिनेट बसेर सकिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नगएपछि केही मिनेट बसेर सचिवालय बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  दिनुभएको जानकारीअनुसार कार्यब्यस्थताका कारण प्रधानमन्त्री सचिवालय बैठकमा उपस्थित नभएपछि केहीबेर बसेर टुंग्याइएको छ । ‘प्रधानमन्त्रीको समय मिलेन, यस बिषयमा उहाँले हिजो नै जानकारी गराउनु भएको थियो, आज उहाँहरु बस्नुभयो, केही बेर बसेर बैठक सकियो,’ थापाले  भन्नुभयो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालनको बिषयलाई लिएर कार्यब्यस्थता देखाउँदा आज एक बजे नै बैठक तोकेर अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड हिडनु भएको थियो । स्रोतका अनुसार प्रचण्ड र माधव नेपालले पार्टी बिभाजनको मोडालिटी नै तय गरेको जानकारी पाएपछि प्रधानमन्त्री ओली बैठकमा नजानुभएको हो ।

‘प्रचण्ड माधव समुह पार्टी बिभाजनको स्पष्ट योजनाका साथ हरेक दिन प्रधानमन्त्रीबिरुद्ध अफवाह फैलाएर हिडन थालेपछि बैठकमा छलफल गर्नुको अर्थ रहेन भन्ने बुझाइ हो,’ ओली निकट सचिवालयका एक सदस्यले  भने । बालुवाटार स्रोतका अनुसार बैठकमा कार्यब्यस्थताको कारण केही समय पर सार्न भन्दा बाहिर ओली बैठकमै आउदिन भने भन्दै प्रचण्ड माधव समुहले अफवाह फैलाएपछि प्रधानमन्त्री ओली आजको बैठकमै नजानु भएको हो ।

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...