संघीयता खारेज गर्नुपर्छ : जनमोर्चा



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमोर्चाले नेपालमा संघीय व्यवस्था लागू भएपछि देशको राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा उत्पन्न भएको बताएको छ ।

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टीले नेपालका लागि संघीय शासन प्रणाली उपयुक्त व्यवस्था नभएको समेत स्पष्ट पारेको छ । ‘संघीय शासन प्रणाली नेपालको लागि सही व्यवस्था होइन । शुरुका दिनमा संघीयताबारे भ्रमहरु थिए । आज व्यवहारमै संघीय शासन प्रणाली बेठिक मात्र होइन, यसका कैयन दुष्परिणामहरु देखिएका छन्’, वक्तव्यमा भनिएको छ ।

संघीयताले देशको राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा उत्पन्न गरेको बताउँदै जनमोर्चाले अनावश्यक र अनुचित संघीय शासन प्रणाली चलाउन ठूलो धनराशी खर्च गर्न परिरहेको बताएको छ । ‘संघीयताको खर्च चलाउन विकाश निर्माणको खर्च कटौती भएको छ र देशका विकास निर्माण कुण्ठित हुन पुगेका छन् । हामीले अहिले नै संघीय प्रणाली खारेज गरेर यसमा हुने गरेको खर्च कोरोना भाइरसको रोकथाम र उपचारमा खर्च गर्न माग गरेका थियौँ । यो डेढ दशकको समयमा संघीय प्रणालीको कुनै आवश्यकता र औचित्य देखिएन ।’

संघीयताले शासन प्रणालीलाई झण्झटिलो बनाएको निष्कर्ष जनमोर्चाको छ । अब जनस्तरबाटै संघीयताको विरोधमा आवाजहरु उठेको भन्दै सो पार्टीले यो प्रणाली खारेज गर्न संसदमा संविधान संशोधन प्रस्ताव नै राखेको समेत बताएको छ ।

‘काम गर्ने दौरानमा व्यक्ति वा राजनीतिक दलबाट पनि गल्ती कमजोरी हुन्छन् । त्यस्ता गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन कि तिनलाई सुधार गर्नु नै महानता हुन्छ’, वक्तव्यमा लेखिएको छ, ‘हामीले जतिसक्यो चाँडो संघीयता खारेज गर्दछौं, त्यति देश र जनताको कल्याण हुने छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...