जयराजपूरमा ग्यास सिलिन्डर र चुल्हो वितरण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका-८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । आज जिल्लाको उत्तर-पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको जयराजपूरमा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ३ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

कार्यक्रममा संघीय सांसद समिना हुसेनले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सांसद साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भुमिका खेलेको भन्दै प्रसंशा गरिन् । प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए ।

सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...