वर्षमान पनि ओलीकै लाइनमा, छोडे प्रचण्ड क्याम्प



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावको पक्षमा ऊर्जामन्त्री वर्षमान पुन खुलेका छन् । नेतृत्व पुस्तान्तरणबारे नेकपाका दोस्रो पुस्ताका नेता मौनप्रायः देखिरहेका बेला प्रचण्डनिकट मानिने पुन ओलीको कित्तामा उभिएका हुन् ।
सोमबार रोल्पाको लाँकुरीमा ३३÷११ केभी सवस्टेशन उद्घाटन गर्न पुगेका उनले युवाहरु सरकार र पार्टी दुवैको नेतृत्व लिन तयार रहेको बताए । तर यसका निम्ति दुवै अध्यक्षले सहमतिमा निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘नेकपाका युवा नेता पार्टी र सरकार दुवैको नेतृत्व लिन तयार छन्,’ पुनले भने, ‘तर त्यसका लागि दुवै अध्यक्षबीच सहमति हुनुपर्छ ।’ सहमतिमा नेतृत्व हस्तान्तरण गरे पार्टीका शीर्ष नेतालाई अभिभावकका रूपमा सम्मान गरेर राख्ने उनले बताए ।

यद्यपि, उनले यो विषय आवेगत र उत्तेजनामा नभई विवेकसम्मत ढंगले गर्नुपर्ने बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग आएको छ । उनले गरेको प्रस्तावमा प्रचण्ड प्रतिक्रियाविहीन देखिएका छन् भने दोस्रो पुस्ताका नेताले पनि बहस र दबाब बढाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...