प्रधानमन्त्री ओलीसँग फेरी बिच्किए वामदेव



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बमदेव गौतमले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीप्रति लाञ्छनाहरू लगाएका छन् ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमले ओलीप्रति असन्तुष्टि जनाएका हुन् । उनले ओलीको गतिविधिको आलोचना गरे ।

‘मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ’, गौतमद्वारा आइतबार बिहान जारी प्रेस विज्ञप्तिमा शनिबारको बैठकका विषयमा भनिएको छ, ‘बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु । पार्टी बाहिर छरिएका हाम्रा विचारहरू आजदेखि पार्टीमा भित्रिएका छन् ।’

‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ’, उपाध्यक्ष गौतमले भनेका छन् ।

उनले भने, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।’

‘यो बैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरूलाई धन्यवाद छ’, उनले भनेका छन् ।

‘बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु’, गौतमले भनेका छन् ।

‘बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ’, गौतमले भने, ‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ ।’

‘यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो’, उनले भने, ‘बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’ गौतमले आइतबार बिहान विज्ञप्ति नै जारी गरेर दिएको अभव्यक्तिले बालुवाटारलाई तनाब बढाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...