सरकारी संयन्त्रले काम गरिदिएन : मुख्यमन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

सरकारले घोषणा गरेका, मुख्यमन्त्रीले संसदमै बोलेका कामहरु समेत नभएको र कोरोना नियन्त्रण तथा उपचारमा सरकार चुकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको टोलीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर कोरोना नियन्त्रण र उपचारमा सरकार किन चुकिरहेको छ ? भनेर सोधेको छ ।

‘उपचारै नपाएर जनताले ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ । सरकारले किन आफैंले बोलेका र घोषणा गरेका काम पनि गर्न सकेको छैन ?’ कांग्रेस संसदीय दलका नेता नेपालीले मुख्यमन्त्रीलाई सोधे, ‘३१ वटा भेन्टिलेटर खरिद र ५१ आईसीयू तयार गर्न सरकारले बजेट छुट्याएको थियो । तर, जम्मा १३ वटा भेन्टिलेटर र २७ वटामात्र आईसीयू छ, बाँकी कता हरायो ?’

 

जवाफमा मुख्यमन्त्री गुरुङले सरकारको संयन्त्र र अस्पतालहरुले आफूलाई असफल बनाउने प्रयास गरेको गुनासो गरेका छन् । ‘तपाईंहरु भनेभन्दा धेरै समस्या छ । मुख्यमन्त्रीले चाहेरमात्रै नहुँदोरह्छ भनेर पीडा सुनाउनुभयो,’ कांग्रेस सांसद कुमार खड्काले भने, ‘आईसीयू र भेन्टिलेटर खरिद गर्न गएको साल नै बजेट पठाए पनि खरिद नगरिदिएको, निजी अस्पताल र सरकारी संयन्त्रले समेत काम नगरिदिएकाले समस्या भएको मुख्यमन्त्रीको भनाइ थियो ।’

सामाजिक विकास मन्त्रालय, आफ्नै सरकारी संयन्त्र र कर्मचारीको प्रभावकारी भूमिका नहुँदा कोरोना नियन्त्रण र उपचारमा समस्या भएको मुख्यमन्त्रीको भनाइ थियो ।

प्रदेशका ११ वटै जिल्लामा आईसीयू स्थापनाका लागि अघिल्लो वर्ष नै बजेट विनियोजन गरेको भएपनि प्रक्रिया ढिला गरेर अझै काम हुन नसकेको मुख्यमन्त्रीको गुनासो थियो । प्रदेशको संक्रामक अस्पताल र जिल्ला अस्पतालहरुमा आईसीयू सञ्चालनमा ल्याउन दक्ष जनशक्ति पनि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...