अहिलेसम्मकै अप्ठ्यारोमा प्रचण्ड



हाम्रो इकोनोमि

 

पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन ।

सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो । पार्टी एकीकरणपछि सांगठनिक र सरकार गठनमा समन्वय गरेर अगाडि बढेका अध्यक्षद्वयबीच पार्टी एकीकरणपछि अहिले निकै ठूलो संकट देखापरेको छ । प्रचण्डले पेस गरेको लिखित राजनीतिक प्रतिवेदनको अध्यक्ष ओलीले हाल जवाफ तयार गरिरहँदा दुवै पक्ष आक्रमकरुपमा आ–आफ्नो रणनीति बनाउन लागिपरेका छन् ।

पार्टीभित्र संकट गरिँदै गएपछि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । पार्टीभित्र देखिएको संकट समाधान गर्न अध्यक्षद्वयबीच संवादहीनताको अवस्था रहेको छ । सचिवालयम पेस भएको राजनीतिक प्रस्ताव फिर्ता नलिने अडान प्रचण्डले लिएपछि १९ पृष्ठ लामो प्रतिवेदनको जवाफ ओलीले तयारी गरिरहनुभएको छ । सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । मंसिर ३ गतेयता कुनै पनि संवाद हुन सकेको छैन ।

पार्टीभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड संकटमा पर्दै गएको बताइएको छ । प्रचण्डनिकट एक स्थायी समिति सदस्य भन्छन्– ‘प्रचण्डले पार्टीभित्र हुने गरेको भन्दै गएका विषयलाई लिखितरुपमा स्पष्टसँग ल्याउनुभएको छ तर पूर्वएमालेका साथीहरु अन्तिम समयसम्म रहन्छन् कि रहँदैनन् भन्ने मुख्य विषय हो ।’

प्रचण्डको राजनीतिक प्रतिवेदन प्रदेश कमिटीमा बाँडिएकोप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनुले पनि प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता नेपाल पक्षले साथ दिनेमा आशंका उब्जिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...