स्थानीयमाथि गोली चलाउनु राज्यआतंक हो : जनमोर्चा



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमोर्चाले हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि गोली चलाउनु राज्यआतंक भएको बताएको छ ।

महोत्तरीको बर्दीबासमा मंसिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाहीको माग गर्न सडकमा निस्किएका स्थानीयमाथि गोली बर्साएर राज्यले ठूलो अपराध गरेका आरोप समेत जनमोर्चाले लगाएको छ ।

बिहीबार केन्द्रीय पार्टी कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बालिकाको हत्यारा तथा जनतामाथि गोली चलाउने र गोली चलाउन आदेश दिने अधिकारीमाथि छानविन गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ ।

‘हत्यारालाई कारवाहीको लागि आन्दोलनमा उत्रिएका स्थानीयमाथि गोली चलाउनु राज्य आतंक हो । पीडितलाई न्याय दिनुको सट्टा न्याय माग्ने जनतामाथि नै गोली बर्साएर ठूलो अपराध गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘बालिकाको हत्यारा तथा जनतामाथि गोली चलाउने र गोली चलाउन आदेश दिने अधिकारीमाथि छानविन गरी कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं ।’

यसअघि पनि आफ्नै साथीको हत्या गरेको आरोप लागेका बालिका हत्याका आरोपीलाई धरौटी बुझाएर छा्ड्नु न्यायाधीशको समेत गम्भीर लार्वाही भएको भन्दै जनमोर्चाले भनेको छ, ‘बालिका गुलाब खातुनको हत्या गरेका अरुण शाह भन्ने व्यक्ति केही महिनापहिले आफ्नै साथीको हत्या अभियोगमा पक्राउ परी अदालतबाट धरौटीमा छुटेका थिए । हत्याजस्तो गम्भीर अपराधमा सामेल व्यक्तिलाई धरौटीमा रिहाइ गरिनु न्यायाधीशको गम्भीर लापरवाही हो भन्ने कुरा पुष्टि भएको छ ।’

हत्यारालाई सामान्य धरौटीमा छोडिएकै कारण अपराधीको मनोबल थप हत्या गर्नेतर्फ गएको अरुण शाहका परिवारकै सदस्यले बताएको भन्दै जनर्मार्चाले न्यायालयसमेत हत्यारालाई कारवाही गर्ने कुरामा गम्भीर नदेखिनुले न्यायको अवस्था धेरै नाजुक भएको स्पष्ट भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...