मन्त्री भट्टराईले ताप्लेजुङका ३ सय जनाको कोरोना बिमा गरे



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त रकमबाट ३ सय सर्वसाधारणहरुको कोरोना बिमाका लागि सहयोग गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३ सय जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

मन्त्री भट्टराईका स्वकीय सचिवले वुधबार एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धी जानकारी दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त भएपछि प्राप्त रकम मन्त्री भट्टराईले सर्वसाधारणमा खर्च गरेका हुन् ।

यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...