मन्त्री भट्टराईले ताप्लेजुङका ३ सय जनाको कोरोना बिमा गरे



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त रकमबाट ३ सय सर्वसाधारणहरुको कोरोना बिमाका लागि सहयोग गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३ सय जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

मन्त्री भट्टराईका स्वकीय सचिवले वुधबार एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धी जानकारी दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त भएपछि प्राप्त रकम मन्त्री भट्टराईले सर्वसाधारणमा खर्च गरेका हुन् ।

यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...