पत्रकारको गोप्य भेलामा नारायणकाजीले भने पार्टी फुटने भयो तयारी अवस्थामा रहनु



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बिभाजनकै अवस्थामा रहेकोले तयारी अवस्थामा रहन आफू निकट पत्रकार नेताहरुलाई निर्देशन दिनुभएको तथ्य बाहिर आएको छ । प्रवक्ता श्रेष्ठले केही आफू निकट पत्रकारको गोप्य भेला गरी यस्तो निर्देशन दिनुभएको हो ।

भेलामा सहभागीमध्येका एक पत्रकारले  दिनुभएको जानकारीअनुसार प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई नै तयारीको सवै जिम्मा दिनुभएको भन्दै ‘बिभाजन निश्चित जस्तै भयो, तयारी गर्नाेस’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो । उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि पार्टी र सरकारबाट हटाउने आफूहरुको प्रष्ट रोडम्याप रहेको बिषयलाई बिभिन्न प्रसंगसहित राख्दै प्रवक्ता श्रेष्ठले पार्टी फुटने तहमै रहेकोले आवश्यक प्रतिरक्षाका लागि तयार रहन र प्रेस संगठन नेपाल कब्जा गर्ने हैसियत बनाउन निर्देशन दिनुभएको थियो ।

प्रवक्ता श्रेष्ठले प्रचार युद्धमा आफूहरुको अभियानलाई स्थापित गर्न नसके अध्यक्ष प्रचण्ड सचिवालयमा प्रस्तुत प्रतिवेदन फिर्ता लिन बाध्य हुने भएको कारण भिडनु पर्ने बताउनु भएको थियो । ‘तपाईहरु प्रष्ट हुनोस, पार्टी लगभग फुटने तहमै पुगेको छ, प्रतिरक्षाको लागि तयारी गर्नाेस,’ आफूनिकट पत्रकार भेलामा प्रवक्ता श्रेष्ठको भनाई थियो ।

सहभागीमध्येका एक पत्रकार नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रवक्ता श्रेष्ठले आफूहरुबीचको संवाद कसैलाई नचुहाउन समेत निर्देशन दिनुभएको थियो भने अध्यक्ष प्रचण्डले छुट्टै भेटन चाहिरहेको र उहाँले पनि ओलीबिरुद्धको मिसनमा लाग्नुपर्ने औचित्यबारे प्रष्ट पार्ने बताउनु भएको थियो । श्रेष्ठले प्रधानमन्त्री ओलीलाई इरिटेड हुने गरी प्रचार युद्ध छेठडन पनि निर्देशन दिनुभएको ती पत्रकारले जानकारी दिए ।

सो भेलामा प्रेस संगठन नेपालका सहइञ्चार्ज ओम शर्मा, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, बलराम थापा, राजेश राईलगायतका एक दर्जन पत्रकार नेताहरु सहभागी हुनुहुथ्यो । ती पत्रकारका अनुसार प्रवक्ता श्रेष्ठले बोलाउँदा पनि तपाईसँग केही कुरा गर्नु छ आउनु पर्यो भन्दै निम्ता दिनुभएको थियो । यसअघि पनि प्रवक्ता श्रेष्ठकै अगुवाईमा पत्रकारको गुटभेला गरी ओलीबिरुद्ध प्रचार युद्धमा सफलता प्राप्त गर्ने गरी अघि बढन निर्देशन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...