दाहाल गुटकाे अनुशासनहीनता, केन्द्रीय कार्यालय र पार्टी लाेगाेकाे चरम दुरुपयोग



हाम्रो इकोनोमि

 

पुष्पकमल दाहाल प्रचण्डले २०७७ कात्तिक २८ गते पार्टी सचिवालयकाे बैठकमा स्वेच्छाचारी रूपमा बाँड्नु भएकाे निजी प्रस्ताव पार्टी केन्द्रीय कार्यालयकाे नाममा प्रकाशन गरी देशभरि वितरण गर्नुभएको छ । याे पार्टीकाे लाेगाे र केन्द्रीय कार्यालयकाे अनधिकृत दुरूपयाेग हाे । र, पार्टी विधान, निर्णय, प्रक्रिया र पद्धतिकाे गंभीर उल्लंघन र अनुशासनहीनता समेत हाे ।

केन्द्रीय कार्यालयका दुवै जना सचिवहरू – ईश्वरी रिजाल र श्रीराम ढकाललाई टेलिफोन गरी बुझ्दा उहाँहरुले आफूहरूलाई कुनै जानकारी नै नभएकाे बताृनुभयाे। यसरअं यो पार्टी केन्द्रीय कार्यालय र पार्टीको लोगोको अनधिकृत प्रयाेग र स्वेच्छाचारी दुरुपयोग गरेर छापिएको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले पार्टीका केन्द्रीय सामग्रीहरुको प्रकाशनको सन्दर्भमा हाम्रो पनि संलग्नता र सरोकार रहन्छ, तर यसमा कुनै जानकारी छैन। त्यसैले यो अनधिकृत, गैरजिम्मेवार, अनैतिक, गुटबन्दीपूर्ण र स्वेच्छाचारी क्रियाकलाप हो भन्ने स्पष्ट गर्नुभयाे ।

पार्टीले यसरी प्रकाशन र बहस संचालनकाे कुनै निर्णय पार्टीले गरेकाे छैन । हालसम्म याे प्रस्ताव पार्टी सचिवालयमा दर्जसमेत भएकाे जानकारी छैन । केवल अर्का अध्यक्ष पुष्पकमल दाहालले मनाेमानीपूर्ण ढंगले बाँडेर अखबारबाजी गराउनु भएको मात्रै हाे । त्यत्तिकै आधारमा प्रकाशन र वितरण गरिनु हदैसम्मको अनुशासनहीनता र अराजकता हाे । यसमा पार्टी विधानअनुरूप आवश्यक कारबाही गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...