प्रचण्डले एकलौटीरूपमा पुस्तक छाप्न हुँदैन्थ्यो: गजुरेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्तावलाई पुस्तकका रूपमा प्रकाशन गरेर वितरण गरेकोमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आपत्ति जनाएका छन।

गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘आरोप पत्र’ लाई पुस्तकको रूपमा प्रकाशन गरेर तल्ला कमिटीमा पठाउने कार्य गलत भएको भन्दै आपत्ति जनाएका हुन्।

“सचिवालयमा विचाराधीन रहेको विषयलाई एकलौटीरूपमा पुस्तकको आकार दिई तल्ला कमिटीमा पठाउनु हुँदैनथ्यो, यो गलत हो,” गजुरेलले भने, “पार्टीले व्यवस्थित तरिकाले बहसका लागि निर्णय गरेर प्रधानमन्त्रीकोसमेत जवाफ समेटेर पठाउन सकिन्थ्यो, प्रचण्डजीले अलि हतार गर्नु भयो।”

कार्यकारी अध्यक्ष प्रचण्डले हतार गरेर पुस्तक प्रकाशन गरेर तल्ला कमिटीमा पठाउँदा पार्टीभित्र थप समस्या आउन सक्ने गजुरेलको विश्लेषण देखिएको छ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको भन्ने आरोपप्रति गजुरेलले असहमति जनाएका छन्। “हिजो ओलीलाई हटाउनु हुँदैन भनेर म लागेको हुँ तर अहिले स्थायी कमिटीको निर्णय विपरीत ओलीजीले नियुक्त गरिदिनु भयो, समस्या यही निर छ,” गजुरेलले भने, “तर, कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिनका लागि लागि परेको छु, पार्टी विभाजनको पीडा महसुस गर्नेले पार्टी विभाजन हुन दिँदैनन्।” उनका अनुसार त्यसका लागि आफनो तहबाट छलफल र अन्तक्रियासमेत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...