१३ गते यस्तो आँउदैछ अध्यक्ष ओलीको प्रतिवेदन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको मङ्सिर ३ गते सम्पन्न बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन तयार गर्न दश दिनको समय दिएपछि आगामी शनिबार (१३ मङ्सिर) हुने सचिवालय बैठकमा के होला भन्ने जिज्ञाशा सर्वत्र उत्पन्न भएको छ । धेरैले ‘३ गतेको बैठकमै वार कि पार हुने’ अनुमान गरेको भए पनि त्यसदिन सामान्य रूपमै बैठक सम्पन्न भएको थियो ।

केपी शर्मा ओलीबाट मङ्सिर १३ गते कस्तो प्रकारको प्रतिवेदन प्रस्तुत होला भन्ने विषयमा नेकपाभित्र र बाहिर गम्भीर चासो प्रकट भइरहेको छ । प्रतिवेदनमा प्रचण्डद्वारा लगाइएका हरेक आरोपको जवाफ दिइने अनुमान धेरैले गरेका छन् । तर, केपीको स्वभाव र शैलीको विवेचना गर्दा उनले प्रचण्डका आरोपहरूको पूर्ण बेवास्ता गर्दै प्रतिवेदन तयार गर्न सक्ने देखिएको छ ।

हालसम्म भए/गरेका कार्यप्रगति विवरण, सरकारको काममा उत्पन्न अवरोध र अबका चुनौतीहरूको सामना कसरी गर्ने भन्ने जस्ता विषयमा प्रतिवेदन केन्द्रीत रहने बताइएको छ ।

यद्यपि महासचिव विष्णु पौडेललगायतले भने प्रचण्डका हरेक आरोपको दफावार खण्डन र स्पष्टिकरणसहित प्रतिवेदन तयार गर्नुपर्ने सुझाव केपीलाई दिएका छन् । तर पार्टी अध्यक्षको प्रतिवेदनलाई कसैको मिथ्या आरोपको खण्डनपत्र जस्तो बनाइन नहुने, बरु प्रतिवेदनमा उल्लिखित तथ्य-विवरणले नै स्वतः जवाफको काम गर्ने भनाइ केपीका सहयोगी नेताहरूको छ । त्यसैले प्रचण्डको आरोपपत्रलाई सामान्य सम्बोधनसम्म नगरिकन अध्यक्ष केपीको प्रतिवेदन तयार हुने सम्भावना अधिक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...