ग्यास सिलिन्डर तथा चुल्हो वितरण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

मंगलबार महम्मदपुरमा औपचारिक कार्यक्रम गरी ८ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । औपचारिक कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् ।

सोही क्षेत्रका नेता एवं प्रदेश २ का सांसद कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको र यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउदै वर्तमान सांसद साहले यस गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरेको बताए ।

नेकपा प्रदेश २ का अध्यक्ष एवं पुर्वमन्त्री समेत रहेका सांसद साहले प्रतिनिधिसभाको निर्वाचन ताका आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...