विप्लवका कम्पनी सेक्सन कमाण्डर पक्राउ



हाम्रो इकोनोमि

 

मोरङ प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका कम्पनी सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारीबाट प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

आठवटा ब्याग, १८ वटा ज्याकेट, मोबाइल, डायरीलगायत सामग्री पनि बरामद भएको छ । ज्याकेट र ब्याग भने लडाकुका लागि खरिद गरिएको प्रहरीको दाबी छ ।

शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर गतिविधी सञ्चालन गरिरहेका थिए । शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...