बालुवाटार जग्गा प्रकरणः माधव नेपालबिरुद्धको रिटमा आज सुनुवाई हुँदै



हाम्रो इकोनोमि

 

बहुचर्चित ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतले गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ । न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले माधव नेपालबिरुद्धको रिटको सुनुवाइ गर्दैछ । रिटको सुनुवाई आजै हुने गरी तोकिएको छ । आनन्दमोहन भट्टराई तिनै न्यायाधीश हुन्, जसले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयबिरुद्ध अन्तरिम आदेश दिएका थिए ।

नेकपाको विवाद चर्र्किएको समयमा माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकारका साथ सुनुवाइमा राखिनुलाई कतिपयले प्रधानमन्त्री केपी ओलीले आफ्ना बिरोधीलाई तर्साउन खोजेको अर्थमा पनि लिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्दैआएका बरिष्ठ नेता नेपाललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने र प्रचण्डलाई अख्तियार लगाउने दाउमा सत्तापक्ष रहेको भन्ने कुरालाई पनि कतिपयले उछाल्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...