बालुवाटार जग्गा प्रकरणः माधव नेपालबिरुद्धको रिटमा आज सुनुवाई हुँदै



हाम्रो इकोनोमि

 

बहुचर्चित ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतले गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ । न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले माधव नेपालबिरुद्धको रिटको सुनुवाइ गर्दैछ । रिटको सुनुवाई आजै हुने गरी तोकिएको छ । आनन्दमोहन भट्टराई तिनै न्यायाधीश हुन्, जसले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयबिरुद्ध अन्तरिम आदेश दिएका थिए ।

नेकपाको विवाद चर्र्किएको समयमा माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकारका साथ सुनुवाइमा राखिनुलाई कतिपयले प्रधानमन्त्री केपी ओलीले आफ्ना बिरोधीलाई तर्साउन खोजेको अर्थमा पनि लिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्दैआएका बरिष्ठ नेता नेपाललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने र प्रचण्डलाई अख्तियार लगाउने दाउमा सत्तापक्ष रहेको भन्ने कुरालाई पनि कतिपयले उछाल्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...