देउवासँग भारतीय राजदूतको गोप्य भेट, प्रचण्ड उचाल्न ३ नेता खटिए



हाम्रो इकोनोमि

 

भारतीय राजदूत विनयमोहन क्वात्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रबार झण्डै ३ घण्टा लामो गोप्य भेट गरेका छन् । राजदूत क्वात्र देउवा निवास बुढानिलकण्ठमा शुक्रबार साँझ ६ बजेर ४ मिनेटमा छिरेका थिए । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको बेला क्वात्रले सुटुक्क विपक्षी नेतालाई भेटेर भारतीय धारणा पेस गरेको लैनचौर स्रोतले जानकारी दियो ।

क्वात्रले मूलत २ विषयमा देउवासँग कुराकानी गरेको बुझिएको छ । पहिलो, नेकपा विवादमा खेलेर कसरी पार्टी विभाजन गर्न सकिन्छ र दोस्रो काँग्रेसको निस्क्रियता ।

नेकपा विवादको विषयमा राजदूतको बढी चासो थियो । नेकपा विभाजन नभइकन अर्को चुनावमा समेत काँग्रेसले खुट्टा टेक्न नसक्ने भएकाले जसरी हुन्छ यही मौकामा विभाजन गर्नुपर्ने निष्कर्ष थियो ।

त्यसका लागि काँग्रेसका प्रभावशाली नेताहरुले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिनुपर्ने सूत्र समेत तय भएको स्रोतको दावी छ ।राजदूत क्वात्रले कांग्रेस नेता मिनेन्द्र रिजाल, कृष्ण सिटौला र गगन थापाको नामै लिएर प्रचण्डको विश्वास जिति अघि बढाउन सुझाव दिएको बुझिएको छ ।

‘तपाईले मात्र सक्नुहुन्न । तपाईलाई विश्वास पनि गर्दैनन् प्रचण्डले । अरु नेताहरुलाई यो काममा लगाउनुपर्छ । यसपछिको सत्ता समिकरणमा समेत काँग्रेस तयार छ भनी आश्वास्त तुल्याउनुपर्छ । प्रचण्डले मान्छन्,’ यही भावमा राजदूतले आफ्नो सुझाव देउवालाई दिएको स्रोतको दावी छ । यो तर्कमा देउवा पनि सहमत भएको बुझिएको छ ।

देउवा निकट स्रोतले भने प्रचण्डको विश्वास गर्नै नसकिने बताएको खुला नेपाललाई बतायो । प्रचण्डको नाम लिंदै उनले त्यो मान्छेसंग विश्वासै लाग्दैन । मैले हातेमालो गरेको होइन र ? भन्ने प्रश्न उठाएका थिए ।

वार्ताकै बीच राजदूत क्वात्रले अन्य नेताहरुलाई मध्यस्थता गरी प्रचण्डलाई हाता लिन सुझाएका थिए । यो काम फत्ते गरेमा आगामी महाधिवेशनमा कांग्रेसको सभापतिको माहोल समेत बन्ने भनी क्वात्रले देउवालाई आश्वस्त तुल्याएका थिए ।

काँग्रेस अहिले निस्क्रिय रहेको, प्रतिपक्षको रुपमा एजेण्डा ल्याउन नसकेकोमा भारतीय संस्थापन समेत असन्तुष्ट रहेको उनले सुनाएको बुझिएको छ ।

देउवा निकट स्रोतले राजदूत क्वात्रको भनाई उद्धृत गर्दै भन्यो- ‘बरु प्रचण्डले सत्ताभित्रै रहेर प्रतिपक्षको काम गरेका छन् । तपाईहरु सुत्नुभाछ । जाग्नुस् । मौका यही हो । हाम्रो साथ सहयोग हुनेछ ।’ त्यसक्रममा राजदूत क्वात्रले आफूले काँग्रेसका दोस्रो तहका नेताहरुलाई पनि भेट्ने सुनाएका थिए ।

यसअघि भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उक्त भेटमा खास के के भएको थियो भनी देउवाले जिज्ञासा राखेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...