प्रधानमन्त्री ओली शीतल निवासमा, राष्ट्रपति भण्डारीसँग भेट



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने जानकारी दिएका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । हिजो मात्रै राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...