प्रधानमन्त्री ओली शीतल निवासमा, राष्ट्रपति भण्डारीसँग भेट



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने जानकारी दिएका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । हिजो मात्रै राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...