देश र जनतालाई धोका नदिन भीम रावलको चेतावनी



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका स्थायी कमिटी सदस्य रावलले बुधबार बिहान ट्वीट गर्दै सो आग्रह गरेका हुन् ।

‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पूद्धतिको पालना नै समस्याको समाधान हो,’ उनले ट्वीट गरेका छन्–‘फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’ पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...