नेकपाको सचिवालय र मन्त्रिपरिषद बैठकको समय जुध्यो



हाम्रो इकोनोमि

 

नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आजै १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका छन् ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । प्रचण्ड–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ । मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...