प्रधानमन्त्री ओली र गौतमबीच गोप्य भेट



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ ।

बालुवाटारमा आइतबार विहान भएको भेटवार्तामा पार्टीको विवाद समाधानबारे छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर गौतमसँग राय मागेको बताइएको छ ।

गौतमले बैठकमा छलफल गर्नुपर्ने जवाफ दिएको बताइएको छ ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेको बताइएको छ । त्यस्तै, उनले सचिवालय बैठकमा छलफल गरौँ विवाद त्यही समाधान हुने पनि बताएका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ताका लागि गौतमलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले गौतमलाई आफूले चाहेको मन्त्री रोज्न पनि भनेको स्रोतले जनाएको छ ।

जवाफमा आफूले पार्टीको निर्णयबाट मात्रै जिम्मेवारी लिने बताएका थिए ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...