नेकपाकाे अबकाे विकल्प कि संसद भंग, कि दुई टुक्रा ?



हाम्रो इकोनोमि

 

सत्तारूढ दल  नेपाल कम्युनिष्ट पार्टीकाे एकीकरण  प्रक्रिया पूरा  नहुँदै  २०७५ जेठ ३ गतेभन्दा अघि कै अवस्थामा फर्किने संकेतहरू देखा पर्न थालेका छन् ।  शीर्ष नेताहरुबीचको चरम विवादले  गम्भीर  माेडमा राजनीतिलेबाटाे तताउने संकेतहरू देखा पर्न थालेका छन् । २०४८ सालकाे आम निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेकाे बहुमत र गिरिजा प्रसाद काेइराला प्रधानमन्त्री बनेपछि कांग्रेसभित्रकाे आन्तरिक कलहकाे  कारणले मध्यावधि निर्वाचन घाेषणा गर्न जसरी बाध्य भएका  थिए, अहिलेकाे अवस्था पनि त्यस्तै त्यस्तै देखिंदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अब पार्टीकाे सहयाेगमा सरकारलाई निरन्तरता दिएर अघि बढ्न  सक्ने अवस्था  रहेन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मासँग अब दुई विकल्पहरू रहेका छन् ।  त्यसमा पहिलाे विकल्पमा दल सम्बन्धी अध्यादेश जारी गरेर पार्टी अलग हुने  अर्काे  मध्यावधि निर्वाचन घाेषणा गरेर अघि बढ्ने ।

 

त्यस्तै अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार  नेपाल, वामदेव गाैतम र  नारायणकाजी श्रेष्ठहरूसंग पनि  दुई  विकल्प रहेका छन् ।  २०७७ कात्तिक २८  गते  शुक्रवार  बसेकाे सचिवालय बैठकमा प्रचण्डले पाँच नेताहरूकाे तर्फबाट भनेर प्रस्तुत गरिएकाे पाँच बुँदे राजनीतिक  प्रतिवेदन फिर्ता लिने वा पार्टी विभाजन गरेर अघि बढ्ने ? यस बाहेक अरू विकल्प   बाँकी छैनन् ।

 

सचिवालयका पाँच जना नेताहरू अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार  नेपाल, वामदेव गाैतम र  नारायणकाजी श्रेष्ठहरूले  नेकपा सचिवालय, स्थायी समिति र केन्द्रीय समितिबाट निर्णय गरेर  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कारवाही गर्ने साेचे  कार्यान्वयन हुने अवस्था देखिंदैन ।

प्रधानमन्त्री निवास बालुवाटार निकट स्राेतका अनुसार,  जबसम्म  प्रचण्डद्वारा नेकपाकाे सचिवालय बैठकमा  प्रस्तुत  पाँच बुँदे राजनीतिक  प्रतिवेदन  फिर्ता हुँदैन तबसम्म अब पार्टीकाे सचिवालय, स्थायी समिति र केन्द्रीय समितिकाे बैठक नबस्ने निश्चित छ । २०७७ मंसिर १५ देखि १७ गतेसम्मकाे बैठक स्थगितकाे सूचना जारी हुने अवस्था सिर्जना भएकाे छ ।

 

सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पाेखरेलकाे २०७७ कात्तिक २९ गते फेसबुक स्टाटले पनि अब एकीकृत रूपमा पार्टी अघि नबढ्ने स्पष्ट संकेत गरेकाेछ । ईश्वर पाेखरेलकाे स्टाटस निम्न रहेकाे छ ।

 

पार्टी एकतालाई बचाउने हो भने 

”प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । “ प्रस्ताव “ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरीत “ कि तँ छैनस् कि म छैन “ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू “ ! दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?  प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!”

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...