नयाँ नेतृत्व चयन गरौँ, ६० कटेकाले छोडौ : प्रधानमन्त्री ओली



 

मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन ? त्यसरी नै दुई वर्षपछि आमनिर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूलाई नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?

चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीले लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहा बाँकी रहन्छ ?

सचिवालय कमरेडहरु !

गुटबन्दी र आग्रहको बाटोमा नहिड्ने हो भने पार्टीभित्रको पक्षधरता आमरुपमा विषय आधारित हुन्छ, हुनुपनि पर्छ ।

बहुमत÷अल्पमतको अंकगणित त त्यसै पनि कहिले घाम, कहिले छाया जस्तो हुन जान्छ । छेउछाउमा बसेका साथीहरुले सिट्ठी बजाउँदा हौसिँदै जाने हो भने नीति र विधिबाट निर्णय गर्ने होइन, कृत्रिम रूपमा सिर्जित पर्सेप्सनको आधारमा बहकिने खतरा पैदा हुन्छ । विधि, पद्धति भनेको जता दुलो, उतै दैलो भनेजस्तो होइन । पार्टीको गोपनीयता अपारदर्शिता होइन । अन्तर पार्टी जनवाद स्वच्छन्दता होइन । कपट र जालझेलपूर्ण व्यवहार अन्तर पार्टी बहस वा अन्तर पार्टी संघर्ष होइन । आफू समानका कमरेडहरूसँग गरिने तहगत योजना वा पार्टी नेता÷कार्यकर्ताको समीक्षाको विषय सडकको चर्चाका विषय हुन सक्दैन । हरेकचोटि गरिएका कन्फिडेन्सियल छलफल अखबारको समाचार हुन सक्दैन ।

कमरेडहरू,

अहिलेको सम्पूर्ण समस्याको वास्तविक जड निश्चित शीर्ष नेताहरूको अतृप्त आकांक्षाको प्रतिफलबाहेक केही होइन । शीर्ष स्थानमा रहेर दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका व्यक्तिहरूको पुनः त्यतै फर्किने व्यग्र आकांक्षाले यथार्थमा यी सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएका हुन्‌ ।

पार्टी गतिशील संस्था हो र हुनुपर्छ । गतिशीलता दिनुपर्ने स्थानलाई नसकीनसकी ओगेटेर पार्टीलाई गतिहीन बनाउनु हुँदैन । आजीवन नेतृत्वमा टाँसिइरहने प्रवृत्तिले आन्दोलनमा नयाँ उर्जा, नेतृत्व र विचारलाई बन्ध्याकरण गर्छ भन्ने मान्यतामा म स्पष्ट छु । त्यसैले मेरो प्रस्ताव छ, अब प्रक्रियासम्मत ढंगले सहमतिका साथ अरू साथीहरुलाई जिम्मेवारी सुस्पिऔं । भइसकेका र पाइसकेकाहरुले लोभ नगरी यो हानथाप, दाउपेच, र लान्छनाको फोहरी खेल छाडौं । प्रक्रियासम्मत ढंगले आफूसँगै काम गरेका र मौका नपाएका वा आफूपछिका साथीहरूलाई सहमतिका साथ जिम्मेवारी सुम्पिऔं । देशले राम्रो संस्कार र उत्तराधिकार पाउनेछ । कोही ३०–३५ वर्षदेखि हातमा डाइपन्युँ लिएर, आफू र आफ्नाहरूलाई पोसिरहने र कोही भान्सामा पस्न त के हेर्नसम्म पनि नपाउने परिपाटीलाई अझै कति निरन्तरता दिने ? भो अब यो परिपाटी बदलौं ।

क्षमतावान नयाँ पुस्ताले ‘म त्यो पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु’ भन्ने मौका नपाउने बुढाहरू यसरी लड्ने कि नेतृत्वको दोस्रो पड्क्तिले समेत ‘भो लडाईं झगडा नगरी दिनोस्‌, मिलेर तपाईँहरु नै खानोस’ भनेर झगडा मिलाउनमै हरदम व्यस्त हुनुपर्ने यस्तो षडयन्त्रपूर्ण खेलको अध्याय यही अन्त्य गरौं र आ–आफ्ना काममा जुटौं । आँट गरौं, अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं । (प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यलाई लेखेको पत्रको अंश)

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्