बामदेव सहित सचिवालयमा ओलीको बहुमत



हाम्रो इकोनोमि

 

बामदेव सहित नेकपाको सचिवालयमा ओलीको बहुमत देखिएको छ भने प्रचण्ड एकाएक अल्पमतमा परेका छन ।  वामदेव गौतम ओली गुटमा सर्ने संकेत प्रधानमन्त्रीले चाल पाएपछि नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ । वामदेवले प्रचण्ड क्याम्पबाट विदा लिने भएपछि सचिवालयमा प्रचण्ड अल्पमतमा पर्ने पक्का भएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको हो ।

बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्माा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरे।

प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटे। अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन्।

दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन्। हाल दाहाल–नेपाल खेमामा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा कसैले केही टिप्पणी गरेका छैनन्।

 

गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए। त्यसकारण यसपटक बैठकमा उनले व्यक्त गर्ने धारणा नेकपाका नेता÷कार्यकर्ताका लागि चासो बनेको छ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...