वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने



हाम्रो इकोनोमि

 

पूर्व उपप्रधानमन्त्री एवं चर्चित वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने भएको छ । कोरोना भाइरस संक्रमणपछि गम्भीर बिरामी पर्नुभएका चर्चित बामपन्थी नेता केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको नेकपाका महासचिव समेत रहनु भएका अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयो ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई कोरोना पाेजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...