बालुवाटारमा बन्याे हेलिप्याड, अब प्रधानमन्त्री उडेरै एयरपोर्ट जाने



हाम्रो इकोनोमि

 

अब प्रधानमन्त्री एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएसँगै उक्त समस्या समाधान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको हेलिकप्टरबाट आइतवार संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरेका थिए। साँझ निवास फर्किँदा पनि बालुवाटारकै हेलिप्याडमै अवतरण गरिएको थापाले बताए।

हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुने उनकाे भनाई छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...