बालुवाटारमा बन्याे हेलिप्याड, अब प्रधानमन्त्री उडेरै एयरपोर्ट जाने



हाम्रो इकोनोमि

 

अब प्रधानमन्त्री एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएसँगै उक्त समस्या समाधान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको हेलिकप्टरबाट आइतवार संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरेका थिए। साँझ निवास फर्किँदा पनि बालुवाटारकै हेलिप्याडमै अवतरण गरिएको थापाले बताए।

हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुने उनकाे भनाई छ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...