वामदेव गौतम फेरी ओली गुटमा, छोडे प्रचण्ड क्याम्प



हाम्रो इकोनोमि

 

वामदेव गौतम ओली गुटमा सर्ने संकेत प्रधानमन्त्रीले चाल पाएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको छ । वामदेवले प्रचण्ड क्याम्पबाट विदा लिने भएपछि सचिवालयमा प्रचण्ड अल्पमतमा पर्ने पक्का भएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको हो ।

चर्को दवावपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन् ।

ओलीले शुक्रबार ४ बजेका लागि सचिवालयको बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

‘नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ’, रिजालले लेखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाइएको छ ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितको समूहले सचिवालयको बैठकका लागि ओलीलाई दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...