म दुवै पदबाट हट्दिन, प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने बताएका छन् ।

बुधबार संखुवासभा पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्’, उनले भने ।

उनले पत्रकारहरुसँग पनि असन्तुष्टि पोखे । विहानै राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै प्रश्न गरे, ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’

ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’, उनले भने ।

अहिले पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म नपुग्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताएका छन् ।

संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर बुधबार नै काठमाडौं फर्किएका छन् । उनीसँगै मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...