सिटौला र प्रचण्डको गोप्य भेट, काँग्रेससँग घाँटी जोडने तयारी



 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड यसपटक केपी शर्मा ओलीलाई जसरी भए पनि प्रधानमन्त्री पदबाट हटाउन कस्सिनुभएको छ । त्यसनिम्ति उहाँले पार्टीको संसदीय दलमा केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य केही अघिदेखि नै शुरु गर्नुभएको छ भने सडक सङ्घर्ष गरिदिन विपक्षी दलका नेता तथा नागरिक समाजसम्वद्ध व्यक्तिहरूसँग आग्रह गर्नुभएको जानकारी प्राप्त भएको छ ।

समाचारअनुसार प्रचण्डले नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत काङ्ग्रेसलाई सडक सङ्घर्षमा उतार्न प्रयास गरिरहनुभएको छ । प्रचण्डले काङ्ग्रेसका युवा नेता डा. अमरेश कुमार सिंहलाई भेटेर गत साता केपीविरुद्ध सङ्घर्षको वातावरण बनाउने काममा लागिदिन आग्रह गर्नुभएको थियो । सभापति शेरबहादुर देउवा, नेताहरू डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल र रामचन्द्र पौडेललाई पनि प्रचण्डले विभिन्न माध्यमबाट संवाद गरी ओलीविरुद्ध सङ्घर्ष गर्न ‘सुझाव’ दिनुभएको बुझिएको छ । त्यस्तै, नागरिक समाजका केही व्यक्तिहरूलाई पनि सडक सङ्घर्षको आयोजना गरी केपीविरुद्धको वातावरण बनाउन आग्रह गरेको र प्रचण्डको सोही निर्देशन बमोजिम केही व्यक्तिहरू नागरिक आन्दोलनको तयारीमा जुटेको बुझिएको छ ।

कृष्णप्रसाद सिटौलाले गत साता बुढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा आयोजित विशेष अनौपचारिक बैठकमा काङ्ग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डल प्रधानमन्त्रीकोमा गएर ज्ञापनपत्र दिइ सडकमा उत्रनुपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो । तर, उहाँले आफूलाई यसनिम्ति प्रचण्डले सुझाव दिएको जानकारीचाहिँ देउवालाई गराउनुभएन । जे होस्, प्रचण्डले यतिबेला पार्टीभित्र र बाहिरबाट सङ्घर्ष गरी केपीलाई पदमुक्त गराउने निर्णायक प्रयास गरिरहनु भएको छ ।

स्मरणीय छ, गत वैशाखमा पनि प्रचण्डले केपी ओलीविरुद्ध निर्णायक कदम चाल्ने प्रयास गर्नुभएको थियो । उहाँले ओलीलाई पदमुक्त गर्न पार्टीभित्र गम्भीर गृहकार्य गरिरहँदा झापामा रहेका कृष्णप्रसाद सिटौलालाई काठमाडौं बोलाइ सङ्घर्षको तयारी गर्न ‘निर्देशन’ दिनुभएको र प्रचण्डको ‘निर्देशन’ प्राप्त भएलगत्तै सिटौलाले काङ्ग्रेस केन्द्रिय कार्यालयमा विपक्षी दलहरूको एक बैठक आयोजना गरी केपीविरुद्ध सडक सङ्घर्षमा जाने निर्णय गराउनुभएको थियो । अहिले पनि प्रचण्डको इच्छा र योजनाअनुरुप काङ्ग्रेसलाई परिचालन गर्ने प्रयास नेता सिटौलाबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।