अब दिउँसो पनि मापसे चेकिङ हुने



हाम्रो इकोनोमि

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा गर्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको हो ।

त्यसोत महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ । त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

‘तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ । त्यसलाई थप सक्रिय बनाएका छौं । अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ,’ एसएसपी ढकालले भने ।

महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ । त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...