माधवले भने मलाई पनि ओली-प्रचण्ड बरावरको भाग चाहिन्छ



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओलीर पुष्पकमल दाहाल, प्रचण्ड बरावरको हैसियत माग गर्नुभएको छ ।

बरिष्ठ नेता नेपालले दुई अध्यक्ष र आफूबीचको सहमतिपछि मात्रै नेकपाको बिवाद समाधान हुने भन्दै शक्ति सन्तुलनमा बरावरको हसियत खोज्नुभएको तथ्य नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालले बाहिर ल्याउनु भएको हो ।

‘नेताहरूबीच दाउपेच, प्रचारबाजी र ध्यान मोड्न गरिएका वार्ताहरूले कुनै निकास ननिकाल्ने पक्का छ । कसैलाई एक्ल्याउने, फकाउने वा गलाउने उद्देश्य भएसम्म पार्टी दुश्चक्रमा घुमिरहन्छ । सीधा कुरा-तीन पक्षबीच खुल्ला र पारदर्शी हिसाबमा सहमति नभएसम्म नेकपामा कुनै निकास निस्किन्न, पार्टी अघि बढ्दैन, माधव नेपाल पक्षको बटमलाइन सुनाउँदै रिजालले भन्नुभएको छ । बरिष्ठ नेता नेपालले सुरुदेखि नै आफू दुइ अध्यक्षको सहमति नमान्ने भन्दै समान हैसियत र भागबण्डा चाहिने अडान राख्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...