माधवले भने मलाई पनि ओली-प्रचण्ड बरावरको भाग चाहिन्छ



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओलीर पुष्पकमल दाहाल, प्रचण्ड बरावरको हैसियत माग गर्नुभएको छ ।

बरिष्ठ नेता नेपालले दुई अध्यक्ष र आफूबीचको सहमतिपछि मात्रै नेकपाको बिवाद समाधान हुने भन्दै शक्ति सन्तुलनमा बरावरको हसियत खोज्नुभएको तथ्य नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालले बाहिर ल्याउनु भएको हो ।

‘नेताहरूबीच दाउपेच, प्रचारबाजी र ध्यान मोड्न गरिएका वार्ताहरूले कुनै निकास ननिकाल्ने पक्का छ । कसैलाई एक्ल्याउने, फकाउने वा गलाउने उद्देश्य भएसम्म पार्टी दुश्चक्रमा घुमिरहन्छ । सीधा कुरा-तीन पक्षबीच खुल्ला र पारदर्शी हिसाबमा सहमति नभएसम्म नेकपामा कुनै निकास निस्किन्न, पार्टी अघि बढ्दैन, माधव नेपाल पक्षको बटमलाइन सुनाउँदै रिजालले भन्नुभएको छ । बरिष्ठ नेता नेपालले सुरुदेखि नै आफू दुइ अध्यक्षको सहमति नमान्ने भन्दै समान हैसियत र भागबण्डा चाहिने अडान राख्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...