कार्यदलका ४ सदस्य बालुवाटारमा, जनार्दन खुमलटार



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र नेकपा कार्यदलका ४ जना सदस्यबीच छलफल भएको छ ।  सोमबार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।

दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्तापछि शर्मा खुमलटारबाट बाहिरिएका थिए । अध्यक्ष प्रचण्ड र नेता शर्माबीच पार्टीभित्र उत्पन्न समस्या र समाधानका विषयमा विमर्श भएको बुझिएको छ ।

प्रचण्डसँग भेटवार्ता भएको पुष्टि गर्दै शर्माले रातोपाटीसँग भने, ‘अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी भयो ।’ शर्मा कोभिड १९ बाट संक्रमित भएपछि झण्डै २२ दिनयता घरबाट बाहिर निस्केका थिएनन् । उता महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले बालुवाटारमा ओलीसँग सोही समयमा भेटवार्ता गरेका थिए । कार्यदल सदस्य पम्फा भुषाल पनि बालुवाटार नगएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...