महासचिव पौडेलपनि खुमलटार छिरे, नेकपामा अर्को हंगामा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेको स्रोतको भनाइ छ ।

शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए ।

त्यसपछि थप रुष्ट बनेका प्रचण्डलाई कन्भिन्स गर्न प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ । यसअघि प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग पनि पार्टी विवाद समाधानबारे छलफल गरेका छन् ।

अर्कोतर्फ बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’ को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...