महासचिव पौडेलपनि खुमलटार छिरे, नेकपामा अर्को हंगामा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेको स्रोतको भनाइ छ ।

शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए ।

त्यसपछि थप रुष्ट बनेका प्रचण्डलाई कन्भिन्स गर्न प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ । यसअघि प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग पनि पार्टी विवाद समाधानबारे छलफल गरेका छन् ।

अर्कोतर्फ बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’ को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...