प्रकाशमान सिंहले भने, पार्टीभित्र अप्रजातान्त्रिक गतिविध बढ्यो



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र अप्रजातान्त्रिक गतिविधि बढेको बताएका छन् ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएकै मितिमा महाधिवेसन गर्नुपर्ने बताए ।

चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त गरे । प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै उनले अहिलेका नेताहरु पनि सच्चिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...