नेपाल गुटलाई थप ४ मन्त्री, प्रचण्ड अल्पमतमा



हाम्रो इकोनोमि

 

माधवकुमार नेपाल गुटलाई थप ४ मन्त्री दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्ने भएका छन । अब बन्ने नयाँ समिकरणमा प्रचण्ड भने अल्पमतमा परेका छन । उनि अहिलेको यो खेलमा रिड आउट भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

उनले आफूपक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन्, जुन आज काठमाडौंमा समेत भएको छ ।

नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११  गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...