नेपाल गुटलाई थप ४ मन्त्री, प्रचण्ड अल्पमतमा



हाम्रो इकोनोमि

 

माधवकुमार नेपाल गुटलाई थप ४ मन्त्री दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्ने भएका छन । अब बन्ने नयाँ समिकरणमा प्रचण्ड भने अल्पमतमा परेका छन । उनि अहिलेको यो खेलमा रिड आउट भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

उनले आफूपक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन्, जुन आज काठमाडौंमा समेत भएको छ ।

नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११  गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...