मलाई आफ्नैले काम गर्न दिएनन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको लफडाले गर्दा सरकारको काममा पुरा समय खर्च गर्न नसकेको बताउनु भएको छ । उहाले देशको विकासको कुराभन्दा अनावश्यक लफडाको जवाफ दिनुपरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

देश कोरोना महामारीबाट ग्रस्त भईरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र भईरहेको विवादलाई लिएर विभिन्न टिकाटिप्पणी भईरहेका बेला उहाले यस्तो कुरा बताउनु भएको छ । अन्नपूर्ण पोष्टसँगको अन्तर्वार्तामा उहाले तपाईसँग देशको विकासको कुरा भन्दा बढि पार्टी कै लफडाको जवाफ दिनु परेको बताउनु भयो ।

‘आज मैले तपाईंसँगको प्रश्नमा पनि देश विकासको कुराभन्दा अनावश्यक लफडाको जवाफ दिनुपरेको छ । मेरो रुचिको विषय होइन । अहिले वातावरण यस्तो बनाइएको छ कि विषयबाट ध्यान डाइभर्ट गरिदिएको, अन्यत्र मोडिदिएको छ । जसले गर्दा विषयतर्फ होइन, गैरविषयतर्फ, अनुचित विषयमा हामी समय बर्बाद गरिरहेका छौं’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारका काममा आफुले समय पुरै दिनुपर्नेमा आधा समय अनावश्यक ढंगले खर्च गर्नुपरेको बताउनु भयो । ‘अनावश्यक ढंगले यो बैठक भनेको छ, भेटघाट भनेको छ, मैले किन भेट्न पाइनँ भनेको छ । निहुँ खोजेको छ । सरकारका काममा मैले समय पूरै दिनुपर्नेमा आधा समय अनावश्यक ढंगले खर्च गर्नुपरेको छ । लफडामा खर्च गर्नुपरेको छ । जवाफ दिनुपरेको छ’, उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...