दोस्रो पुस्तालाई नेतृत्व हतान्तरण हुन्छ : ओली



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष चुलिँदै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालयका बहुमत सदस्यसहित लिखित रुपमा गम्भीर आरोपसहितको दुई पन्ने पत्र बुझाएसँगै नेकपाभित्र पदका लागि भइरहेको निकृष्ट खेलहरु बाहिर आउन थालेको छ ।

प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित सचिवालयका सदस्यहरुको बैठक गरी पत्र बुझाएपछि कतै नेकपा नै बिभाजन त हुने होइन भन्ने आम प्रश्न उठेको छ । कार्यकर्ता पंक्ति निकै त्रसित बनिरहेको बेला प्रचण्ड समुहले आगामी महाधिवेशनबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको प्रस्तावकै कारण उहाँबिरुद्ध गुटबन्दीमालागेको तथ्य बाहिर आएको छ ।

प्रधानमन्त्री ओलीले ३३ बर्ष पार्टीको नेतृत्व गर्नुभएको र प्रधानमन्त्री भइसक्नु भएका प्रचण्ड, नेकपा एमालेमा लामो समय पार्टीको नेतृत्व गर्नुभएको र प्रधानमन्त्री भइसक्नु भएका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई अव पदको आशक्ति छाडेर ६० बर्षको हाराहारीमा रहेका दोस्रो पुस्तालाई नेतृत्व हतान्तरण गर्नुपर्ने औपचारिक प्रस्ताव गर्नुभएको छ ।

३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका र पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन ? हामी भन्दा पछाडी रहेको करिव ६० वर्ष पुगेका नेताहरु छन्, उनीहरुलाई अब नेतृत्व किन नदिने ? एउटा सहमति गरौं, उनीहरुलाई जिम्मा लगाऔं भन्दा फर्की फर्की किन लडाई गर्ने ?’ प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीको यो प्रस्तावसँगै आफ्नो पद खाइ दियो भन्दै प्रचण्डसहितका सचिवालयका बहुमत नेताहरु बिपक्षमा घेरावन्दी गर्नुभएको देखिन्छ । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने यो प्रस्ताव प्रचण्ड-माधवको समुहले मान्ला त ? अहिले भने यही प्रश्न मख्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...